एजेन्सी । दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संकरणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबलाई जितका लागि १ सय ६५ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो ।
दिल्लीका लागि शिखर धवनले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ्स खेले । धवनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् ।
धवनले आईपीएल इतिहासमा लगातार दुई शतक बनाउने पहिलो खेलाडीको कीर्तिमान बनाए । धवनले यसै खेलबाट आईपीएलमा ५ हजार रन समेत पुरा गरेका छन् ।
यस्तै कप्तान श्रेयस आयर र ऋषब पन्तले समान १४/१४ रन बनाए । शिम्रन हिटमायर १० रनमा आउट भए ।
पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै ग्लेन म्याक्सवेल,जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए ।
आज दिल्ली आठौं जितको खोजीमा रहेको छ । अघिल्ला ९ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली शीर्ष स्थानमा रहेको छ ।
दिल्ली पन्जाबलाई हराएर शीर्ष स्थान यथावत राख्न चाहन्छ ।
दिल्लीलाई हराएर पन्जाब पनि चौंथो जितको रहेको छ । पन्जाब ९ खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
प्ले अफको सम्भावना जीवितै राख्न पन्जाबलाई जितको विकल्प छैन ।
यस्तै पन्जाब दिल्लीविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।
सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।