एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले अहिले किङ्स इलाभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दैछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नईविरुद्ध दिल्लीले पहिले ब्याटिङ गर्ने भएको छ । दिल्लीले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
तर, सन्दीपले सिजनको दशौँ खेल पनि खेल्ने छैनन् । दिल्लीले पन्जाबविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा राखेको छैन ।
तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार दशौँ खेलमा प्लेइङ सेटमा नपरेका हुन् ।
आज दिल्ली आठौं जितको खोजीमा रहेको छ । अघिल्ला ९ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली शीर्ष स्थानमा रहेको छ ।
श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली पन्जाबलाई हराएर शीर्ष स्थान यथावत राख्न चाहन्छ ।
दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ ।
तर, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबविरुद्ध जित निकाल्न दिल्लीलाई कठिन भने हुनेछ ।
दिल्लीलाई हराएर पन्जाब पनि चौंथो जितको रहेको छ । पन्जाब ९ खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
प्ले अफको सम्भावना जीवितै राख्न पन्जाबलाई जितको विकल्प छैन ।
यस्तै पन्जाब दिल्लीविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।
सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।