काठमाडौं । बंगलादेशको ढाकामा आज (मंगलबार) बाट १२ औं संस्करणको साफ च्याम्पियनसिप (सुजुकी कप) सुरु हुँदैछ ।
ढाकास्थित बंगबन्धु स्टेडियममा पहिलो दिन दुई खेल हुँदैछ । पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध खेल्दैछ । यस्तै दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्दैछ ।
साफ च्याम्पियनसिपमा नेपालले पहिलो संस्करणबाटै सहभागिता जनाउदै आएका छ । तर, उपाधि जित्न सकेको छैन । नेपालले पाँच पटक सेमिफाइनलमा स्थान बनाएपनि उपाधि जित्न नसकेको छ । नेपाल यस संकरणको उपाधि जित्दै इतिहास कोर्न चाहन्छ ।
साफ च्याम्पियनसिपको १२ औं संस्करणसम्म आइपुग्दा नेपालले धेरै इतिहास बनाएको छ । धेरै तथ्य बनाएको छ । साफको ११ औं संस्करणसम्म नेपालले कुल ३४ खेल खेलेको छ । जसमा जित भन्दा धेरै हार छ । नेपालले मात्र ९ खेलमा जित निकालेको छ भने १८ खेलमा पराजय बेहोरेको छ । यस्तै ७ खेल बराबरी भएको छ ।
नेपालले साफको ३४ खेलमा ३७ गोल गरेको छ । यस्तै ५१ गोल खाएको छ । हालसम्म नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन भने भुटानसंग हार बेहोर्नु परेको छैन ।
साफमा नेपालका एक खेलाडीमात्र ह्याट्रिक हान्न सफल भएका छन् । सन् १९९७ मा भारतको गोवामा भएको साफमा नेपालका नरेश जोशीले ह्याट्रिक गरेका थिए । नेपालले श्रीलंकालाई ३–२ गोलले पराजित गर्ने क्रममा नरेशले ह्याट्रिक गरेका थिए । उनले खेलको चौथो, ४१ औं र ८१ औं मिनेटमा गरी ह्याट्रिक पुरा गरेका थिए ।
यस्तै साफमा पहिलो गोल गरे खेलाडी देव नारायण चौधरी हुन् । साफमा नेपालले पहिलो खेल पनि पाकिस्तानविरुद्ध नै खेलेको थियो । साफको डेब्यु खेलमा नेपालले पाकिस्तानसंग १ – १ गोलको बराबरी खेलेको थियो । नेपालले साफमा पहिलो जित दर्ता गर्न दोस्रो संस्करणसम्म कुर्न परेको थियो ।
तथ्यमा हेर्नुस् नेपालको साफ इतिहास :
कुल सहभागिता – ११ औं संस्करण
खेल संख्या – ३४ खेल
जित – ९ खेल
हार – १८ खेल
बराबरी – ७ खेल
गोल गरेको संख्या – ३७ गोल
गोल खाएको संख्या – ५१ गोल
अहिलेसम्मको अंक जोड्दा – नेपाल अन्तिमबाट दोस्रो
ह्याट्रिक संख्या – १ ह्याट्रिक
ह्याट्रिक गर्ने खेलाडी – नरेश जोशी ( सन् १९९९ गोवा, श्रीलंकाविरुद्ध )
पहिलो गोल गर्ने खेलाडी – देव नारायण चौधरी, (सन् १९९३ पहिलो साग गोल्डकप, पाकिस्तानविरुद्ध)
नेपालविरुद्ध पहिलो गोल गर्ने खेलाडी – आई एम विजयन, भारत
पहिलो हार – सन् १९९३ पहिलो साग गोल्डकप ( भारतविरुद्ध १–० )
पहिलो अंक – श्रीलंकाविरुद्ध सन् १९९३ (पहिलो साग गोल्डकप)
पहिलो जित – सन् १९९५ दोस्रो साग गोल्डकप (पाकिस्तानविरुद्ध २–० को जित)
सर्वाधिक गोलकर्ता – जुमानु राई र अनिल गुरुङ ( ४–४ गोल)
नेपालको गोलकर्ताहरु –
४ गोल–जुमानु राई , अनिल गुरुङ
३ गोल – नरेश जोशी, हरि खड्का, निराजन रायमाझी
२ गोल –देव नारायण चौधरी, बालगोपाल महर्जन, वसन्त थापा, विजय गुरुङ, भरत खवास, विमल घर्ति मगर
१ गोल – राजेश मानन्धर, दिपक अमात्य, कुमार थापा, सुरेन्द्र तामाङ, वसन्त गौचन, राजु तामाङ्, सन्दिप राई, सागर थापा
कुन राष्ट्रविरुद्ध कस्तो प्रदर्शन ?
माल्दिभ्सविरुद्ध – ६ खेल
हार – ४
जित – ०
बराबरी – २
गोल गरेको – ७
गोल खाएको – १४
भारतविरुद्ध – ६ खेल
हार – ५
जित – १
बराबरी – ०
गोल गरेको – ४
गोल खाएको – १३
बंगलादेशविरुद्ध – ६ खेल
हार – ४
जित – २
बराबरी – ०
गोल गरेको – ४
गोल खाएको – ७
भुटानविरुद्ध २ खेल
हार – ०
जित – २
बराबरी – ०
गोल गरेको – ३
गोल खाएको – २
अफगानिस्तानविरुद्ध – ३ खेल
हार – २
जित – १
बराबरी – ०
गोल गरेको – ३
गोल खाएको – २
पाकिस्तानविरुद्ध - ६ खेल
हार – १
जित – २
बराबरी – ३
गोल गरेको – ९
गोल खाएको – ६
श्रीलंकाविरुद्ध - ५ खेल
हार – २
जित – १
बराबरी – २
गोल गरेको – ५
गोल खाएको – ७
जित्न नसकेको टिम : माल्दिभ्स
नहारेको टिम : भुटान
सबैभन्दा युवा उमेरमा खेल्ने खेलाडी : विमल घर्ति मगर( १५ वर्ष ३५४ दिन)
सर्वाधिक क्याप : विराज महर्जन (१६ क्याप)
संस्करण अनुसार कप्तान :
पहिलो : राजु काजी शाक्य
दोस्रो : राजु काजी शाक्य
तेस्रो : राजु काजी शाक्य
चौथो : दिपक अमात्य
पाँचौ : उपेन्द्र मान सिंह
छैटौं : उपेन्द्र मान सिंह
सातौं : राकेश श्रेष्ठ
आठौं : राकेश श्रेष्ठ
नवौं : सागर थापा
दशौं : सागर थापा
एघारौ : अनिल गुरुङ
बार्हौ :विराज महर्जन