एजेन्सी । पाउल पोग्बाको निर्णायक गोलमा फ्रान्सले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
५८ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएपनि ६२ औं मिनेटमा अष्ट्रेलियाले बराबरी गोल फर्काएको थियो । प्रिमियर लिगका महंगा मिडफिल्डर पाउल पोग्बाले ८१ औं मिनेटमा भलि गोल गर्दै फ्रान्सको जित निश्चित गरे ।
पहिलो हाफमा उत्कृष्ट डिफेन्सको नमुना प्रस्तुत गर्दै अष्ट्रेलियाले फ्रान्सलाई नियन्त्रणमा राखेको थियो । समुह बीमा फ्रान्सले महत्वपुर्ण तीन अंक जोड्न सफल भएको छ ।