मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पुलिसद्धारा रितेशको निलम्बन फुकुवा

बुधबार, २८ आश्विन २०७७खेलपाटी संवाददाता
पुलिसद्धारा रितेशको निलम्बन फुकुवा

राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर रितेश थापा । फोटो : समाजिक सञ्जाल

Classic Tech Internet Ad

काठमाडौं । नेपाल पुलिसले राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य रितेश थापामाथिको निलम्बन फुकुवा गरेको छ ।

म्याच फिक्सिङको आरोपमा विभागबाट समेत निलम्बनमा परेका रितेशलाई प्रहरीले असोज १९ गतेबाट लागू हुने गरि कारबाही फुकुवा गरेको हो ।

देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा रितेश सहित राष्ट्रिय फुटबल टिमका ६ सदस्यविरुद्ध अदालतमा मुद्धा दायर भएको थियो ।

गत असार २ गते सर्वोच्च अदालतले म्याच फिक्सिङ्गको आरोपमा रितेश सहित ६ खेलाडीलाई सफाई दिने निर्णय गरेको थियो ।

अदालतले म्याच फिक्सिङको कार्यमा राज्य विप्लवको कसुर आकर्षित नहुने ब्याख्या सहित रितेश सहितका ६ सदस्यलाई सफाई दिने निर्णय गरेको थियो ।

अन्तराष्ट्रिय फुटबलमा फिक्सिङ गरेको आरोपमा तत्कालिन कप्तान सागर थापा सहित, उपकप्तान सन्दीप राई, विकास सिंह क्षेत्री, रितेश थापा, अन्जन केसी र फिजियो डेबिज थापा पक्राउ परेका थिए ।

कानुनमै म्याच फिक्सिङको प्रावधान उल्लेख नभएपछि प्रहरीले पक्राउ परेका ६ जनालाई राज्य विप्लपको मुद्धा दर्ता गरेको थियो ।

एएफसीको अनुसन्धानमा खेलाडीले फिक्सिङ गरेको पत्ता लागेको भन्दै नेपाली फुटबलरमाथि प्रहरीले कानुनी कारबाही अघि बढाएको थियो ।

फिक्सिङमा संलग्न रहेको भन्दै एएफसीले रितेश सहित ६ खेलाडीलाई आजिवन प्रतिबन्ध लगाएको छ । सोही कारण खेलाडीहरु फुटबलसंग सम्बन्धि गतिविधिमा संलग्न हुन पाउने छैनन् । तर अदालतबाट सफाई पाएको उल्लेख गर्दै विभागीय टिम पुलिसले रितेशमाथिको निलम्बन भने फुकुवा गरेको छ ।

प्रहरीको निलम्बन फुकुवाको निर्णय पुष्टि गर्दै रितेशले चाँडै विभागको जिम्मेवारीमा फर्कने बताए ।

तीन पटक विभागीय टिम पुलिसलाई लिग जिताएका रितेशले सकेसम्म खेलकुदमै फर्कने ईच्छा रहेको बताए । तत्कालिन गोलकिपर उपेन्द्रमान सिंहलाई प्रतिस्थापन गर्दै रितेशले राष्ट्रिय फुटबल टिममा स्थान बनाएका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चुनावको मिति तोक्ने तयारीमा एन्फा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

Bajaj Pulsar Motorcycle Ad
राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने