सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने
सोमबार, १४ पौष २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, लमजुङ। ठाडाराई समाजले ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न साबिक विजेता एपीएफ क्लबसँग खेल्ने भएको छ।
त्रिवेणी रंगशालामा सोमबार सम्पन्न खेलमा टाइब्रेकरमा काठमाडौंको समाज कल्याणलाई पराजित गर्दै ४–२ ले पराजित गर्दै एपीएफसँगको भेट पक्का गरेको हो।
एपीएफले भने सुन्दरबजारलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो।
ठाडाराई समाजका आशिष चापागाईं, सिशिर लेखी, देव गुरुङ र करिम ओमोलाजाले सफलतापूर्वक गोल गरे। समाज कल्याणका राम थामी र दिपेश गुरुङले गोल गरे भने नीरोज परियार र पुष्कर खड्काले गोल गर्न असफल भए।









-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)
