एजेन्सी । विश्वकप फुटबल अन्तर्गत अष्ट्रेलियाबिरुद्धको खेलमा फ्रान्सेले अग्रता लिएको छ । दोस्रो हाफको खेल चलिरहदा फ्रान्सले २–१ को अग्रता बनाएको छ । पेनाल्टीमार्फत ५८ औ मिनेटमा एन्टोनी ग्रिजम्यानले फ्रान्सलाई अग्रता दिलाएपनि ६२ औ मिनेटमा अष्ट्रेलियाले बराबरी गोल फर्काएको थियो ।
तर प्रिमियर लिगका महंगा मिडफिल्डर पाउल पोग्बाले ८१ औ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् ।