काठमाडौं । ‘फ्रेन्चाईज’ महिला भलिवल लिग प्रतियोगिताको ट्रफी सार्वजनीक गरिएको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर अक्टोबर १ देखि ६ सम्म हुने ‘आधीआवाधी महिला भलिवल लिग’को ट्रफी सार्वजनीक गरिएको हो ।
नेपाल भलिवल संघ र आधीआवाधी महिला फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालन हुने प्रतियोगितामा विभिन्न सहरलाई फ्रेन्चाईज गरेर प्रतियोगिता सञ्चालन गरिदैछ । प्रतियोगितामा तीन विभागीय सहित ६ टोलीले सहभागिता जनाउदैछन् ।
प्रतियोगिताको ट्रफी सार्वजनीक गर्दै भलिवल संघले टिकटको मुल्य समेत तोकेको छ । लिगको प्रत्येक खेल हेर्नकालागि १५ सय र हजार रुपैयाँ टिकट मुल्य तोकिएको संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
प्रत्येक टिममा ४ विदेशी खेलाडी राख्न पाइने छ भने ३ खेलाडी कोर्टमा उतार्न पाइने छ ।
लिगको बिजेताले ६ लाख प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको एक सर्वोकृष्ट खेलाडीले टिभिएस स्कुटर र ५० हजार नगद प्राप्त गर्नेछन् ।