लाइपजिगसँग पाउलसेनको नयाँ सम्झौता
आइतबार, १८ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मन क्लब आरबी लाइपजिगका विंगर युसुफ पाउलसेनले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
डेनिस विंगरले क्लबमा थप ४ वर्ष रहने गरी नयाँ सम्झौता गरेका हुन् ।
सम्झौतासँगै पाउलसेन सन् २०२४ सम्म लाइपजिगमा रहने छन् ।
२६ वर्षीय विंगर सन् २०१३ मा लाइपजिग आएका थिए ।
लाइपजिगबाट उनले २ सय ११ खेलमा ५८ गोल गरिसकेका छन् ।
डेनमार्कका लागि उनले ४४ खेलमा ७ गोल गरिसकेका छन् ।






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


