रियलका बोर्जा रोमामा अनुबन्धित
शनिबार, १७ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन क्लब रोमाले स्पेनिस स्ट्राइकर बोर्जा मायोरललाई लोनमा अनुबन्धित गरेको छ ।
रोमाले स्पेनिस क्लब रियल मड्रिडबाट मायोरललाई लोनमा अनुबन्धित गरेको हो । रोमाले मायोरललाई दुई सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
रियल मड्रिडको एकेडेमीमा हुर्किएका मायोरलले सिनियर टिमबाट ३३ खेलमा ७ गोल गरेका छन् ।
पछिल्लो समय भने मायोरलले विभिन्न क्लबबाट खेल्दै आइरहेका छन् ।
२३ वर्षीय स्ट्राइकरले गत सिजन लेभान्टेबाट लोनमा खेलेका थिए । त्यसअघि उनले लोनमा उल्फवर्गबाट खेलेका थिए ।
'म यहाँ आउन पाउँदा खुसी छु । रोमा ऐतिहासिक क्लब हो । क्लबले गरेको प्रयासको लागि म कृतज्ञ छु । म यो जर्सीका लागि सबै चीज दिनेछु र प्रशंसकहरूलाई सन्तुष्टि प्रदान गर्नेछु,' सम्झौतापछि मायोरलले भने ।






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

-1767162700754.jpg&w=3840&q=75)

-1767098144368.jpg&w=3840&q=75)

