मिडल्सब्रोको मुख्य प्रशिक्षकलाई कोरोना
बिहिबार, ०१ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । च्याम्पियनसिप क्लब मिडल्सब्रोका मुख्य प्रशिक्षक नेइल वार्नोकलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
मिडल्सब्रोले एक विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षकलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
कोरोना देखिएपछि प्रशिक्षक वार्नोक १४ दिनको सेल्फ आईसोलेसनमा बसेको क्लबले जनाएको छ ।
कोरोना देखिए पनि ७१ वर्षीय प्रशिक्षकको स्वास्थ्य अवस्था सामान्य रहेको मिडल्सब्रोले जनाएको छ ।
वार्नोकले यस अघि लिड्स युनाइटेड, कार्डिफ सिटी र क्रिस्टल प्यालेसको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)