लिड्सले अनुबन्ध गर्यो १८ वर्षे विंगर
बिहिबार, ०१ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब लिड्स युनाइटेडले युवा विंगर क्रेसेनसियो समरभिललाई क्लब भित्र्याएको छ ।
लिड्सले डच क्लब फायनुर्डबाट समरभिललाई अनुबन्धित गरेको हो ।
१८ वर्षीय डच विंगरले लिड्ससँग तीन वर्षको सम्झौता गरेका छन् ।
लिड्सले अनुबन्धको रकम भने खुलाएको छैन ।
गत सिजन उनले डेन हागबाट लोनमा खेलेका थिए । जहाँ उनले २१ खेलमा २ गोल गरेका थिए ।
समरभिलले नेदरल्यान्ड्सको यू-१६, यू-१७, यू-१८ र यू-१९ बाट खेलिसकेका छन् ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)