ला लिगा : सिजनको पहिलो खेल बराबरी
शुक्रबार, भदौ २६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेल बराबरीमा सकिएको छ ।
शनिबार राति सेल्टा भिगो र आइबरबीच भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको हो ।
आइबरको घरेलु मैदानमा भएको खेलमा दुबै टिमले पाएको अवसर खेर फाल्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।
बल पोजिसनमा घरेलु टिमले पकड बनाएको थियो । तर, आइबरको आधा दर्जन बढी पोस्ट आक्रमण सेल्टाका गोलकिपर र डिफेन्सले विफल बनाईदिएका थिए ।
सेल्टाले पनि आइबरविरुद्ध केहि राम्रो अवसर बनाएको थियो । तर, सेल्टा त्यसलाई सदुपयोग गर्न असफल भएको थियो ।
यस्तै खेलको ८७ औं मिनेटमा पापे कौलीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा आइबर १० खेलाडीमा समेटिएको थियो ।
बराबरीसँगै दुबै टिमले एक एक अंक बाडेका छन् । तालिकामा सेल्टा शीर्ष र आइबर दोस्रो स्थानमा रहेका छन् ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

