आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जियाचले चेल्सीको पहिलो खेल गुमाउने

शुक्रबार, २६ भाद्र २०७७खेलपाटी संवाददाता
जियाचले चेल्सीको पहिलो खेल गुमाउने
Loading ad...
mustang rice ad

काठमाडौं । चेल्सीले समर ट्रान्सफरमा अनुबन्धन गरेका ३ नयाँ खेलाडीले प्रिमियर लिगको पहिलो खेल गुमाउने भएका छन् ।

प्रशिक्षक फ्राङ्क लाम्पार्डले तीन नयाँ खेलाडीले ब्राइटोनबिरुद्धको खेल गुमाउने भएको बताएका छन् ।

चेल्सीले सोमबार ब्राइटोनबिरुद्ध खेल्दै प्रिमियर लिगको नयाँ सिनजको सुरुवात गर्दैछ ।

हाकिम जियाच सहित थिएगो सिल्भा र वेन चिलवेल ब्राइटोन भ्रमणमा अनुपस्थित रहने छन् ।

But he urged caution and said new stars, such as Timo Werner need time to settle into the club

चेल्सीले यस समर ट्रान्सफरमा झण्डै २ सय मिलियन पाउण्ड खर्च गरेको छ । प्रिमियर लिगको उपाधिमा चुनौती दिन चेल्सीले नयाँ सिजनका लागि ठुलो रकम खर्च गरेको हो । चेल्सीका धेरै प्रशंसक नयाँ खेलाडीको डेब्यु हेर्न आतुर छन् ।

प्रशिक्षक फ्राङ्क लाम्पार्डले डेब्युका लागि केही खेलाडीले प्रतिक्षा गर्नुपर्ने बताए ।

‘जियाचले चोट बोकेका छन् । उनी फिट छैनन् । हामी उनीमा काम गरिरहेका छौ । उनी हप्ता दिनमा निको हुनेछन् ।’ उनले भने ।

जियाचले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा चोट बोकेका थिए । डिफेन्डर बेन चिलवेल समेत पूर्ण रुपमा फिट छैनन् । डिएगो सिल्भाले समेत भर्खरैमात्र अभ्यास सुरु गरेका छन् ।

‘बेन चिलवेलको फिटनेशका लागि हामीले काम गरिरहेका छौ । तर उनी सोमबारसम्म फिट हुने छैनन् । उनले सुधार गरिरहेका छन्, जो हाम्रा लागि राम्रो हो । सिल्भा लण्डनमा छन्, तर ट्रेनिङमा थिएनन् । उनले डेब्यु गर्ने बिषयमा आशंका छ ।’ लाम्पार्डले भने ।

Hakim Ziyech will be unavailable as he continues to recover from a knee injury in pre-season

लाम्पार्डसंग नयाँ सिजन सुरु गर्दा दुई मुख्य डिफेन्डर रहने छैनन् । उनले क्रिस्टियन पुलिसिक र सिजर अजेपिलिकुएटा आफुसंग उपलब्ध हुने बताए । दुवैले पछिल्लो महिना आर्सनलबिरुद्ध एफ ए कपको फाइनलमा चोट बोकेका थिए ।

उनले आफुसंग सेन्टर ब्याक फिकायो तोमोरी उपलब्ध हुने बताएका छन् । उनी पछिल्लो समय एभर्टन जाने चर्चा थियो ।

२२ बर्षिया खेलाडीलाई लाम्पार्डले गत सिजन मौका दिएका थिए । उनले राम्रो प्रर्दशन समेत गरेका थिए । तर अन्तिम समयमा उनले टिमबाट स्थान गुमाएका छन् ।

But Lampard has been boosted by the return of Christian Pulisic (L) and Cesar Azpilicueta (R)

नयाँ सिजनका लागि ठुलो रकम खर्च गरेको चेल्सीका लागि राम्रो नतिजा निकाल्नुपर्ने दबाब रहेको छ ।

चेल्सीले काइ हभार्ट्जलाई बायर लिभरकुशनबाट ८९ मिलियन र आरबी लाइपेजिगबाट टिमो वार्नरले ५३ मिलियन पाउण्डमा अनुबन्धन गरेको छ ।

तर लाम्पार्डले यस बिषयमा आफुलाई बोल्न आवश्यक नरहेको बताएका छन् । उनले कुनै ब्यवसाय नगरेपनि चेल्सीमाथि राम्रो नतिजा निकाल्न सधै दबाब हुने बताएका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो