मिलानका बोनाभेन्टुरा फियोरेन्टिनामा
शुक्रबार, भदौ २६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । सिरी 'ए' क्लब फियोरेन्टिनाले इटालियन मिडफिल्डर जियाकोमो बोनाभेन्टुरालाई अनुबन्ध गरेको छ ।
एसी मिलानका पूर्व मिडफिल्डर बोनाभेन्टुरालाई फ्रि एजेण्टमा फियोरेन्टिनाले अनुबन्ध गरेको हो ।
३१ वर्षीय बोनाभेन्टुराले फियोरेन्टिनासँग २ वर्षको सम्झौता गरेका छन् ।
सन् २०१९/२० को सिजनको अन्त्यसँगै बोनाभेन्टुराको मिलानसँगको सम्झौता सकिएको थियो ।
मिलानमा ६ सिजन बिताएका उनले क्लबका लागि १ सय ८४ खेलमा ३५ गोल र ३० असिस्ट गरेका थिए ।
उनी सन् २०१४ मा एटलान्टाबाट मिलान आएका थिए ।
बोनाभेन्टुराले इटालीका लागि १४ खेल खेलेका छन् ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

