सेफिल्डले अनुबन्ध गर्यो स्कटिस फरवार्ड
बुधबार, भदौ २४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब सेफिल्ड युनाइटेडले स्ट्राइकर ओलिभर बुर्केलाई अनुबन्ध गरेको छ ।
सेफिल्डले वेस्ट ब्रुमबाट स्ट्राइकर ओलिभरलाई अनुबन्ध गरेको हो ।
स्कटल्याण्डका स्ट्राइकरले सेफिल्डसँग ३ वर्षको सम्झौता गरेका छन् ।
२३ वर्षीय फरवार्डले गत सिजन ला लिगा क्लब अल्भेसबाट लोनमा खेलेका थिए ।
उनले ३१ ला लिगा खेलमा १ गोल गरेका थिए ।
सेफिल्डले स्ट्राइकर कलुम रोबिनसनलाई वेस्ट ब्रुम पठाएर ओलिभरलाई अनुबन्ध गरेको हो ।
रिपब्लिक अफ आयरल्याण्डका स्ट्राइकर रोबिनसनले वेस्ट ब्रुमसँग पाँच वर्षको सम्झौता गरेका थिए ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)