एजेन्सी । फ्रेन्च क्लब लियोनका डिफेन्डर राफायल डा सिल्भा टर्किस क्लब इस्तानबुल बासाकसेरमा अनुबन्धित भएका छन् ।
ब्राजिलियन डिफेन्डरसँग इस्तानबुलले २ वर्षको सम्झौता गरेका छन् । इस्तानबुलले उनलाई सम्झौता थप एक वर्ष लम्बाउनका लागि विकल्प समेत दिएको छ ।
म्यान्चेस्टर युनाइटेडका पूर्व डिफेन्डर समेत रहेका राफायल पाँच वर्ष लियोनमा बसेर टर्किस क्लब आएका हुन् ।
३० वर्षीय डिफेन्डरले लियोनमा रहदा १ सय ३ लिग खेलमा १ गोल गरेका थिए ।
राफायल सन् २०१५ मा युनाइटेडबाट लियोन आएका थिए ।
राफायलले युनाइटेडका लागि १ सय ९ लिग खेलमा ५ गोल गरेका थिए ।
युनाइटेडमा रहदा उनले ३ प्रिमियर लिगसहित फिफा क्लब विश्वकप, लिग कप लगायतका उपाधि जितेका थिए ।