आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

म्याच फिक्सिङ प्रकरण – कानुनको अभावमा उन्मुक्ति

मंगलबार, २३ भाद्र २०७७हिम बिक्रम केसी
म्याच फिक्सिङ प्रकरण – कानुनको अभावमा उन्मुक्ति
Loading ad...
mustang rice ad

काठमाडौं । अपराधबारे कानुनमा एउटा चल्तीको वाक्य छ, कानुनले गर भनेको कुरा नगर्ने, नगर भनेको कुरा गर्नु अपराध हो ।

जब कानुनमै नभएको अपराध हुन्छ, अपराधले उन्मुक्ति पाउने अवस्था बन्छ ।

२०६० को दशकमा नेपाल फुटबलमा भएको खेल मिलेमतो (म्याच फिक्सिङ) को प्रकरण यस्तै अपराध बन्यो । कानुनको अभावमा अपराधमा संलग्न खेलाडीले उन्मुक्ति मात्र पाएनन्, सरकारले दायर गरेको मुद्धानै गलत रहेको अदालतको निष्कर्षले देखाएको छ ।

सर्वोच्च अदालतले यसै साता म्याच फिक्सिङ प्रकरणको पूर्ण पाठ सार्वजनिक गरेको छ ।

अदालतको फैसला र पूर्ण पाठ सार्वजनिक भएसंगै धेरैले खेलाडी निर्दोष रहेको र फिक्सिङ नगरेको रुपमा बुझेका छन् । फैसला लगत्तै खेलाडीले आफु निर्दोष रहेको दाबी सहित अन्तराष्ट्रिय फुटबलमा फर्कने चाहना व्यक्त गरेका थिए । यस प्रकरणमा आम मानिसको बुझाई र खेलाडीको दाबी अपुरो मात्र हैन, गलत देखिन्छ ।

अदालतको फैसलाको निष्कर्ष छ, म्याच फिक्सिङका सन्दर्भमा सरकारले दायर गरेको राज्य विप्लवको मुद्धामा कानुन आकर्षित हुने देखिएन । अर्थात म्याच फिक्सिङका सन्दर्भमा ६ जना खेलाडीलाई सरकारले लगाएको राज्य विप्लवको कानुन आकर्षित हुदैन । खेलाडीले राज्य विप्लपको अपराध गरेका हैनन् ।

अदालतले अपराध अनुसार कानुननै नलाग्ने भएपछि घटनाको तथ्यमा प्रवेश गर्न आवश्यकनै नरहेको ठहर गर्यो । म्याच फिक्सिङलाई सरकारले जसरी राज्य विप्लपको मुद्दा लगाएको थियो, त्यो मुद्दानै गलत देखिन्छ । म्याच फिक्सिङलाई राज्य विप्लव मान्न नसकिने अदालतले ठहर गरेको छ ।

फिक्सिङ हो वा हैन ?

खेलाडीले फिक्सिङ गरेको हो वा हैन भन्ने बिषयमा अदालत प्रवेशनै गरेन । कसुरनै गलत भएपछि तथ्यमा प्रवेश गर्न नपर्ने अदालतको ठहर छ । अदालतले सामान्य रुपमा राज्यले खेलाडीमाथि लगाएको अपराध सम्बन्धि कानुन सही हो वा हैन भन्ने विषयमा मात्र हेरेको देखिन्छ ।

अदालतको एक अधिकारीका अनुसार म्याच फिक्सिङ, राज्य विप्लव हो वा हैन भन्ने बिषय विश्लेषण हुन चाँही सक्थ्यो । तर मुलुकी संहिता २०७४ को दफा ५१ ले म्याच फिक्सिङलाई राष्ट्र हित प्रतिकुलको कार्य भनेर ब्याख्या गरेपछि अदालतले थप विषयमा प्रवेश गर्न चाहेन ।

घटना भएको समय २०६६ सालदेखि २०६९ सालसम्म म्याच फिक्सिङ सम्बन्धि कानुन समेत नभएको र २०७४ मा आएको मुलुकी संहिताले म्याच फिक्सिङलाई राज्य विप्लव नभएर छुट्टै अपराधको रुपमा ब्याख्या गरेपछि कानुन अघिको घटनामा अपराध गरेको ठहर नहुने अदालतको फैसलाले बताएको छ ।

‘घटना भएपछि बनेको कानुनले अपराधलाई सजाय दिन मिल्दैन । त्यही कारण खेलाडीले अपराध गरेको भएपनि कानुनको अभावमा सफाई पाएको देखिन्छ ।’ अदालतका एक अधिकारीले खेलपाटीसंग भने ।

अन्जन केसी र रितेश थापा तथा तीनका आफन्तले विभिन्न माध्यमबाट विदेशबाट पठाएको रकम बुझेको प्रमाणित छ । विदेशबाट आएको अवैधानिक पैसामा सम्पत्ति शुद्धिकरणबाट कारबाही हुने ठाउँ थियो । सरकारी दायित्व बहन गर्ने व्यक्ति भएका कारण अख्तियारबाट समेत कारबाही गर्न मिल्थ्यो । तर तत्कालिन सरकार पक्षले खेलाडीमाथि मुद्दा राज्य विप्लवको लगाए ।

ती अधिकारीले भने, ‘मुद्दा दायर भएको दुई महिना नहुदै कानुनलेनै म्याच फिक्सिङ भनेको छुट्टै अपराध भनेर परिभाषित गरिदियो । त्यस कारण घटनामा संलग्नलाई दण्डित गर्ने ठाउँ रहेन ।’

अदालतको पूर्ण पाठ हेर्दा कानुनको अभावमा खेलाडीले उन्मुक्ति पाएको देखिन्छ भने खेलाडीको आर्थिक क्रियाकलाप र अनुशासनको बिषयमा अदालत मौन बसेको छ ।

अदालतले घटनालाई सही काम नगरेको ठहर गरेको छ । अदालतमा उपस्थित भएर घटनामा संलग्न आरोपित र तिनीहरुका आफन्तले पैसा लिएको स्विकार गरेपछि घटना प्रमाणितनै देखिन्छ । तर कानुनको अभाव र गलत मुद्धा दायर गर्दा आरोपितले उन्मुक्ति पाएको अदालतको पूर्ण पाठले देखाउँछ ।

योसंगै २०७२ साल असोज २७ गतेबाट तत्कालिन राष्ट्रिय टिमका कप्तान सागर थापा सहित उप कप्तान सन्दीप राई, रितेश थापा, विकाशसिंह क्षेत्री, अन्जन केसी र फिजियो डेजिब थापाबिरुद्ध चलेको म्याच फिक्सिङको मुद्दाले बिट मारेको छ ।

खेलाडीले आफुले म्याच फिक्सिङमा सफाई पाएको जिकिर सहित अन्तराष्ट्रिय निकाय फिफा र एएफसीबाट फुकुवा गरिदिन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आग्रह गर्दै आएका छन् ।

फिक्सिङको आरोपमा खेलाडीमाथि लागेको प्रतिबन्ध हटाउन एन्फाले पहल गर्ला ? यस सम्बन्धि सामाग्री भोलिको अंकमा प्रस्तुत गर्नेछौ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जैब सुदूरपश्चिम फर्किए

जैब सुदूरपश्चिम फर्किए

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

रोबर्टो अब एलए ग्यालेक्सीमा

रोबर्टो अब एलए ग्यालेक्सीमा

अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण