काठमाडौं । ओलम्पियन जितबहादुर केसीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
गत आईतबार गरिएको पीसीआर परिक्षण अनुसार केसीको रिपोर्ट पोजेटिभ आएको हो ।
पारिवारिक स्राेतका अनुसार पेटमा समस्या आएपछि केसीलाई हस्पिटलमा लग्ने क्रममा पीएसीआर परिक्षण गरिएको थियो ।
‘पेटमा समस्या आएपछि हस्पिटल लगेको थियौ । हस्पिटलले सुरुमा पीसीआर रिपोर्ट माग्यो । त्यसका लागि परिक्षण गरेका थियौ । कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ ।’ पारिवारिक स्रोतले खेलपाटीसंग भन्यो ।
पेट दुख्ने र दिसामा रगत देखिएपछि केसीलाई उपचारका लागि वयाेधा हस्पिटल लगिएको थियो ।
परिक्षणको रिपोर्ट अनुसार केसीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
परिवारका एक सदस्यका अनुसार जीतबहादुरको हालको अवस्था सामान्य छ ।
केसीको पेटको दुख्ने समस्यामा सुधार आएको छ भने दिसामा समेत रगत देखिएको छैन ।
‘उहाँको अवस्था सामान्य छ । कोरोनाको कुनै लक्षण देखिएको छैन । पेटमा दुख्ने समस्यामा सुधार आएको छ ।’ पारिवारका एक सदस्यले भने ।