एजेन्सी । मर्सिडिजका चालक लेविस ह्यामिल्टनले बेल्जियन ग्राण्ड प्रिक्स फर्मुला वानको उपाधि जितेका छन् ।
ह्यामिल्टनले आइतबार मर्सिडिजकै भाल्टेरी बोटासलाई पछि पार्दै उपाधि जितेका हुन् ।
बेलायती चालक ह्यामिल्टनको यो करियरको ८९ औं उपाधि हो । ह्यामिल्टनको यो वर्षको पाँचौ उपाधि हो ।
यससँगै ह्यामिल्टन सर्वाधिक धेरै उपाधि जित्ने खेलाडीको कीर्तिमान भन्दा २ उपाधिले पछि रहेका छन् ।
रेसमा रेड बुलका म्याक्स भेर्स्टापेन तेस्रो स्थानमा रहे ।
यस्तै रेनोका डानिल रिकार्डो चौंथो र रेनोकै स्टेबन इकोन पाँचौं स्थानमा रहे ।