एजेन्सी । रुस विश्वकपकै उपाधि दाबेदार टोली अर्जेन्टिनाले आज साँझ आइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल रुस विश्वकप फुटबलमा धेरैको पर्खाइमा परेको खेल हो ।
समूह 'डी' मा रहेका यी दुई टोली आज साँझ नेपाली समय अनुसार साँझ ६:४५ पछि प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोली मैदान प्रवेश गर्दा सबैको नजर स्पार्टक रंगशालामा केन्द्रित हुनेछ ।
भेट्रान अर्जेन्टिना लियोनल मेस्सीको टोली हो । अर्जेन्टिनाका कप्तान मेस्सी आफ्नो पुस्ताकै उत्कृष्ट खेलाडी हुन् । अर्जेन्टिनालाई अन्य स्टार खेलाडीको साथ रहन्छ ।
आइसल्याण्ड विश्वकपमा डेब्यु टोली हो । ठुला, स्टार खेलाडी छैन तर आइसल्याण्डको प्रदर्शन लोभलाग्दो छ । जसको कारण दुई बर्षअघिको युरोकपमा तहल्का मच्चाउन सफल आइसल्याण्ड, पहिलोपटक विश्वकपमा छनोट भएको छ ।
आइसल्याण्डसँग गिल्फी सिगर्डसन जस्ता भरपर्दा खेलाडीको साथ हुनेछ । डिफेन्समा चुस्त आइसल्याण्डका मुख्य हतियार मिडफिल्डर सिगर्डसन हुने छन् ।
सम्भावित प्लेईङ ११ (अर्जेन्टिना) : विल्फ्रेडो क्याबलेरो, इडुवार्डो सालिभो, निकोलस ओटामेन्डी, मार्कोस रोजो, जेभियर मास्चिरानो, लुकास बिगलिया, एन्जल डी मारिया, म्याक्सिमिलियानो मेजा, सर्जियो अग्युरो, लियोनल मेस्सी
सम्भावित प्लेईङ ११ (आइसल्याण्ड) : हानेस हाल्डरसन, होर्डर म्याग्नुसन, रागनर सिगर्ड्सन, कारी अर्नासन, बिरकिर साभेरसन, जोहान बर्ग गौमोण्ड्सन, बिरकीर बर्जनासन, गिल्फी सिगर्ड्सन, इमिल हाल्फेरडसन,आरोन गुनार्सन, जोन डाडी बोडभार्सन
प्लेयर्स टु वाच :
लियोनल मेस्सी (अर्जेन्टिना )
रुस विश्वकप २०१८ अन्तर्गत आज हुने तेस्रो खेलमा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपेली राष्ट्र आइसल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । खेलको मुख्य आकर्षणमा अर्जेन्टिनाका कप्तान तथा स्ट्राईकर लियोनल मेस्सी हुनेछन् । उनको जादूमय खेल हेर्न प्रसंशकहरु व्यग्र प्रतिक्षा गरेर बसेका छन् । विश्वकप छनोट खेलका अन्तिम दुई खेलमा ह्याट्रिक गरेर उनले विश्वकपका लागि आफु तयार रहेको बताईसकेका छन् ।
३० बर्षिया मेसीले व्यबसायीक रुपमा स्पेनिस क्लब बार्सिलोनाबाट नाम र दाम कमाए । तर आफ्नो देशका लागि विश्वकपको उपाधि जित्न सधै बिमुख हुदै आएका छन् । स्पेनिस लिगका २०१७–१८ का सर्बाधिक गोलकर्ता रहेका मेसीले ३६ खेलमा ३४ गोल गरेका थिए । विश्वकप उपाधिको दावेदार मानिएको अर्जेन्टिनाको एकमात्र भरोसा मेसीमा गएर अडिएको छ । क्लब फुटबलमा सबै प्रकारका सफलता हात पारेका मेसीलाई मुलुककालागि उपाधि जित्नुपर्ने दबाब समेत छ । आधुनिक फुटबलका महान खेलाडी बन्न उनले आफ्नो बायोमा छुटेको विश्वकपको उपाधि यसपटक जसरी पनि जिताउनुपर्नेछ ।
गिल्फी सिगर्डसन (आइसल्याण्ड)
आइसल्याण्ड विश्वकपमा डेब्यु गर्दैछ । तर उसले प्रतियोगिताको सूरुमै कठिन प्रतिद्धन्दी पाएको छ । विश्वको सानो जनसंख्या भएको मुलुकले विश्व फुटबलमा मच्चाएको तहल्काले अहिले सारा विश्व नतमस्तक छ । त्यही आश्चार्यजनक प्रर्दशन आइसल्याण्डले आफ्नो पहिलो खेलमा देखाउने धेरैको बिश्लेषण छ ।
पहिलो पटक विश्वकपको यात्रा तय गरेको आएसल्यान्डको प्रमुख हतियार भनेको मिडफिल्डर र डिफेन्स लाईन हो । अर्जेन्टिनाबिरुद्ध मैदान उत्रिदा आइसल्याण्डको मुख्य खेलाडि भने गिल्फी सिगर्डसन हुन् । उनी अर्जेन्टिनी टिमको टाउको दुखाई बन्ने धेरैको अनुमान छ । ब्यवसायिक रुपमा इङ्लिस प्रिमियर लिगबाट खेल्ने उनि एभर्टन क्लबका मुख्य हतियार हुन् । २८ वर्षीय गिल्फी सिगर्डसनले आइसल्याण्डका लागि १९ गोल गरिसकेका छन् ।