काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
महासचिव श्रेष्ठले बुधबार आएको रिपोर्टमा आफुलाई कोरोना देखिएको खेलपाटीलाई जानकारी गराए ।
एनओसीका २ कर्मचारीमा कोरोना संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा महासचिव श्रेष्ठलाई समेत कोरोना देखिएको हो ।
कोरोना पोजेटिभ देखिएपछि श्रेष्ठ घरमै सेल्फ आइसोलेसनमा बसेका छन् ।
कोरोना पोजेटिभ देखिएपनि आफु सामान्य अवस्थामा रहेको श्रेष्ठले बताए ।
'म ठिक छु । अवस्था सामान्य छ । बिहान कसरत गर्ने र सुरक्षित रूपमा बसेकाे छु,' श्रेष्ठले भने ।
गत साउन अन्तिम साता एनओसीका ८ जना कर्मचारीमा कोरोनाको परिक्षण गरिएको थियो ।
जसमा २ जनालाई संक्रमण देखिएको थियो ।
त्यही कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेपछि महासचिव श्रेष्ठले कोरोना परिक्षण गरेका थिए ।
कर्मचारीलाई कोरोनाको संक्रमण देखिएपछि एनओसीले कार्यालय बन्द गर्दै सम्पूर्ण गतिविधि अनलाईनबाट गर्दै आईरहेको छ ।