काठमाडौं । विभागीय टिम शसस्त्र प्रहरी बल एपीएफ क्लबका खेलाडी र विभिन्न खेलका स्टाफ गरी ३६ जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
भारतसँगको सीमा सुरक्षामा खटिएका २९ खेलाडी र ७ स्टाफ गरी ३६ जनालाई शुक्रबार कोरोना देखिएको एपीएफ स्रोतले जनाएको छ ।
‘आजको रिपोर्ट अनुसार हाम्रो खेलाडी र स्टाफ गरी कुल ३६ जनामा कोरोना पोजिटिभ आएको छ,’ एक अधिकारीले भने ।
संक्रमण देखिएका सबै खेलाडी सर्लाही बोर्डरमा कार्यरत रहेका थिए ।
विभागले लक डाउनको समय सिमा सुरक्षार्थ ८० खेलाडीलाई बोर्डरमा पठाएको थियो । जसमा फुटबल, क्रिकेट, कराते लगायतका प्रशिक्षक खेलाडी र रेफ्रिहरु रहेका थिए ।
कोरोना देखिएका ३६ जनालाई क्वारेन्टिनमा राखिएको छ । जसमध्ये ११ जना दुवाकोट र १८ जना चोभारको क्वारेन्टिनमा रहेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।
स्वास्थ्य अवस्था अनुसार उनीहरुलाई आईसोलेसनमा राखिने एपीएफ स्रोतले जानकारी गराएको छ ।
कोरोना देखिने खेलाडीहरुको नाम गोप्य राखिएको छ ।