एजेन्सी । फ्रान्सका लागि खुसीको कुरा छ, घुडाँको चोट बोकेका फ्रान्सका ज्रिब्रिल सिजिबे फिट भएका छन् । केलियन एम्बाप्पे र उसमान डेम्बेले आक्रमणको जिम्मेवारी सहित सूरुवाती टिममा पर्ने अपेक्षा गरिएको छ । फरवार्ड लाईनमा तीन जना रहदाँ एन्टोनी ग्रिजम्यानसमेत पर्ने पक्का छ । ओलिभर जेरुडले बेन्चबाट खेलको सुरुवात गर्नेछन् ।
अष्ट्रेलियाका प्रशिक्षक बर्ट भान मारविज्कले कप्तान मिलि जेदीनाकको स्थानमा मासिमो लुवाङ्गोलाई सेन्टर मिडफिल्डमा खेलाउन सक्नेछन् । उनीले अर्को कठिन निर्णय एक स्ट्राईकरको पोजिसनलाई लिएर गर्नुपर्ने हुन्छ, विकल्पमा टोमी ज्युरिक, जेमी म्याकलेरिन र आन्द्रे नाबाउट छन् ।
फ्रान्सले पछिल्ला १२ अन्तर्राष्ट्रिय खेलमा एक खेलमा मात्र हार ब्यहोरेको छ । त्यसैले फ्रान्स उपाधिको दाबेदार टोली मानिएको छ । प्रशिक्षक डिडियर डेसच्याम्प प्रतियोगिताको पहिलो खेलमा आफ्नो युवा र रोमाञ्चक टिमबाट उत्कृष्ट नतिजा निकाल्न तयार देखिन्छन् । उनले टिमको ४–४–२ को पुरानो सुत्र परिवर्तन गर्दै ४–३–३ को नयाँ संरचनाको अपेक्षा गर्न सकिन्छ । जहाँ केलियन एम्बाप्पे, उसमान डेम्बेले र पछिल्लो युरो कपको गोल्डेन बुट विजेता एन्टोनी ग्रिजम्यान अट्ने देखिन्छ ।
अष्ट्रेलियाले फ्रान्सलाई सन् २००१ को कन्फिडेरेशन कपमा हराएको थियो । तर पछिल्लो भेटमा फ्रान्सेले उसलाई ६–० ले हराएको थियो । जसमा ओलिभर जेरुडले दुई गोल गरेका थिए ।
अष्ट्रेलियाका प्रशिक्षक मारविज्कले भनेका छन, ‘हामीले फ्रान्सबिरुद्धका १० खेलमा सायद ८ वा ९ पटक हारेका छौ । तर हामीले यो स्थितीसंग आईपुग्न कडा मेहनत गरेका छौ । हामीले १० खेलमध्य ५ वा ६ पटक हारेका छौ । तर हामीले कुनै बेला जित्न पनि सक्ने छौ र आकर्षित गर्न सक्ने छौ । यदी तिमी राम्रोसंग व्यवस्थित भयौ र तिमीले कुनै चिजको विश्वास गर्यो भने अथवा के गर्ने भन्ने बिषयमा प्रष्ट भयौ भने आफुसंग खेल्न र आफै बनाउने हिम्मत गर्छौं भने तिमीसंग एक मौका अवश्य हुनेछ ।’
फ्रान्सले पछिल्लो विश्वकपमा केबल दुई पटक समुहको शीर्ष स्थानमा रहेको छ । १४ प्रतियोगिता मध्ये मात्र ६ पटक समुह चरणबाट अगाडी बढेको छ । विश्वकपमा पाँचौ पटक सहभागी अष्ट्रेलिया चौथो पटक लगातार प्रतियोगिता खेलिरहेको छ ।
सन् २००६ को विश्वकपमा अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको थियो ।