काठमाडौं । इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का टुर्नामेन्ट डाईरेक्टर दिवाकार मर्हजनले खेलकुद पत्रकारहरुलाई मास्क र सेनिटाईजर सहयोग गरेका छन् ।
कोरोना भाईरस (कोभिड–१९) महामारीका बीच कार्यक्षेत्रमा खटिने खेलकुद पत्रकारका लागि महर्जनले ५० थान केएन–९५ मास्क र ५० थान सेनिटाईजर सहयोग गरेका हुन् ।
मर्हजनकातर्फबाट (आईओएफटीसी) को हेल्पडेक्स नेपाल संयोजक रामचन्द्र ब्याञ्जनकारले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष दुर्गा नाथ सुवेदी (देवेन्द्र) लाई सोमबार सहयोग हस्तान्तरण गरेका थिए ।
कोरोनाको महामारीबीच अग्रपंक्तिमा खटिरहेका पत्रकारहरुको सुरक्षार्थ मास्क र सेनिटाईजर उपलब्ध गराएको आईओएफटीसीका डाईरेक्टर मर्हजनले बताए ।
‘कोरोनाविरुद्धको युद्ध सामुहिक भावनाले मात्र जित्न सकिन्छ । फ्रन्ट लाईनमा रहेर अहोरात्र खटिने पत्रकारलाई सुरक्षाको लागि सानो सहयोग गरेको हुँ,’ मर्हजनले भने ।
मञ्चका अध्यक्ष सुवेदीले महामारीबीच काममा निरन्तर लागिरहने पत्रकार साथीहरुको लागि प्राप्त सहयोग प्रति धन्यवाद ज्ञापन गरेका थिए ।