रोनाल्डो रुस विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी
पोर्चुगल ३ - ३ स्पेन
९०+४ - फुल टाइम
क्रिस्टियानो रोनाल्डोको यो विश्वकपमा पहिलो ह्याट्रिक हो ।
८८ - Goal ......रोनाल्डोले ह्याट्रिक गरेका छन् ।
८७ - फ्रिकिक ! पोर्चुगलका रोनाल्डो तयार !
- निर्धारित समय सकिन १० मिनेट बाँकी रहेको छ । पोर्चुगलविरुद्ध स्पेन ३ - २ गोलले अघि छ ।
८० - पोर्चुगल २ - ३ स्पेन
सब्सिच्युड ७६ - डिएगो कोष्टालाई आसपासले रिप्लेस गरेको छ ।
५८ - Goal ! स्पेनले तेस्रो गोल गरेको छ ।स्पेनका नाचोले स्पेनको लागि तेस्रो गोल गरे ।
५५ - Goal ! स्पेनका डिएगो कोष्टाले गोल गरेका छन् ।
- दोस्रो हाफको खेल सुरु । पोर्चुगल २ - १ स्पेन
-स्पेनविरुद्ध पोर्चुगल २ - १ ले अघि रहेको छ । पोर्चुगलका दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे । स्पेनका डिएगो कोष्टाले एक गोल फर्काएका छन् ।
४५ - पहिलो हाफ सकिएको छ ।
४४ - Goal ! क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि दोस्रो गोल गरेका छन् ।
४० - पोर्चुगल १ - १ स्पेन
३४ - आन्द्रेस इनिस्टाले गोल गर्ने मौका गुमाए ।
३३ - बल पोजिसनमा स्पेनले पकड बनाएको छ ।
२६ - मौका ! इस्कोको प्रहार पोर्चुगलका किपरले बचाए !
- दुई डिफेन्सलाई जिल्लाउदै कोष्टाले उत्कृष्ट गोल गरेका हुन् ।
२३ - Goal - डिएगो कोष्टाले स्पेनको लागि बराबरी गोल फर्काए छन् ।
२० - मौका ! स्पेनका सिल्भाले पोस्टको देशा देखाउन सकेनन ।
१७ - पोर्चुगललाई फ्रिकिक ! रोनाल्डो फ्रिकिक हान्न तयार ।
- रोनाल्डो ठुला ८ प्रतियोगितामा लगातार गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले सन् २००६ देखि युरो र विश्वकपको सबै संस्करणमा गोल गरेका छन् ।
Goal- रोनाल्डोले खेलको तेस्रो मिनेटमै गोल गरेका छन् ।
- पेनाल्टी हान्न रोनाल्डो तयार
३ - पेनाल्टी ! स्पेनिस डिफेन्डरले क्रिस्टियानो रोनाल्डोलाई लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको छ ।
१ - खेल सुरु भएको छ ।
स्पेनको राष्ट्रिय धुन बजाइएको छ ।
पोर्चुगलको राष्ट्रिय धुन बजाइएको छ ।
प्लेईङ ११ (पोर्चुगल) : रुइ प्याट्रिसियो, राफेल गुएरिरो, जस फोन्टे, पेपे,सेडरिक सोयरेस, फेर्नान्डेज, जाओ माउटिन्हो, विलियम कार्भालो, बर्नार्डो सिल्भा, गोन्जालो गुडेस, क्रिष्टियानो रोनाल्डो
प्लेईङ ११ (स्पेन) : डेभिड डी गिया, जोर्डि अल्बा, सर्जियो रामोस, जेरार्ड पिके, नाचो मोनरियल, आन्द्रेस इनिस्टा, थियागो एजिप्लिक्युटा, सर्जिओ बुस्केट्स, डेभिड सिल्भा, इस्को, डियगो कोस्टा
फिस्ट ओलम्पिक स्टेडियममा दुवै टोलीका खेलाडीहरु मैदान प्रवेश गरेका छन् ।
रुस विश्वकप फुटबलको पहिलो 'हाईप्रोफाइल' खेलमा अहिले पोर्चुगल र स्पेन भिड्दै छन् ।