एजेन्सी । एसियन राष्ट्र इरानले रुस विश्वकपमा विजयी सुरुवात गरेका छन् । शुक्रबार भएको खेलमा मोरक्कोलाई १ - ० गोल अन्तरले हराउदै इरानले विश्वकपमा विजयी सुरुवात गरेको हो ।
सेन्ट पिटर्सबर्ग रंगशालामा मोरक्कोले आत्मघाती गोल गरेपछि इरानले महत्वपूर्ण ३ अंक जोडेको हो । खेलको इन्जुरी समयमा मोरक्कोका अजिज बोहादुजले आत्मघाती गोल गरेका थिए । कर्नर बललाई क्लियर गर्ने क्रममा बोहादुजले आफ्नै पोष्टमा हेड गोल गरेका थिए ।
पाँचौ पटक विश्वकप खेलिरहेको इरानको विश्वकपमा यो दोस्रो जित हो । यो जितसँगै समूह बी मा रहेको इरानले ३ अंक जोडेको छ । र, इरानले स्पेन, पोर्चुगल रहेको समूहबाट दोस्रो चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ । २० बर्षपछि विश्वकपमा फर्किएको मोरक्कोलाई भने दोस्रो चरणको यात्रा कठिन बनेको छ ।
अब इरानले जुन २० मा स्पेन र जुन २५ मा पोर्चुगलसँग खेल्नेछ । अब मोरक्कोले जिन २० मा पोर्चुगल र २५ जुनमा स्पेनसँग खेल्नेछ ।