एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा अहिले मोरक्को र इरान प्रतिस्पर्धा गरिरहेका छन् ।
सेन्ट पिटर्सबर्ग रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मोरक्को र इरानले गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले पाएको मौकामा गोल गर्न नसक्दा पहिलो हाफमा गोल निस्कन नसकेको हो ।
दक्षिण अफ्रिकी राष्ट्र मोरक्को र एसियाली राष्ट्र इरान महत्वपूर्ण ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । मोरक्कोले २० वर्षपछि विश्वकप खेलेको हो भने इरानले लगातार दोस्रो पटक विश्वकप खेल्दैछ ।