एसियन गेम्स : भलिबलमा नेपालको चुनौती समाप्त
शुक्रबार, भदौ ८, २०७५खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत भलिबलमा नेपालको चुनौती समाप्त भएको छ ।
पुरुष भलिबल अन्तर्गत शुक्रबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासंग ३ - ० को सोझो सेटमा पराजित भयो । समूह डी मा रहेको नेपाललाई दक्षिण कोरियाले २५ - १६, २५ - १३ र २५ - १४ को सेटमा पराजित गर्यो ।
समूह चरणको दुवै खेलमा पराजय बेहोरेसंगै नेपालको चुनौती सकिएको हो । यसअघि नेपाल पहिलो खेलमा नेपाल टोली चाईनिज ताईपेईसंग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
एसियन गेम्समा नेपालको भलिबलले करिब ३१ बर्षपछि पुनरागमन गरेको हो । तर, नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।














-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)