९०+६ ! फुल टाइम - इरान १ - ० ले विजयी
९० +४ - गोल !! इरानले गोल गरेको छ । मोरक्कोका अजिजले आत्मघाती गोल गरेका छन् ।
९० +३ - मोरक्को ० - ० इरान
९० - इन्जुरी समय सुरु भएको छ । ६ मिनेटको समय थप गरिएको छ ।
८५ - मोरक्को ० - ० इरान
७८ - उत्कृष्ट बचाउ ! इरानी किपरको
७५ - खेल सकिन १५ मिनेट बाँकी ।
- बल पोजिसनमा पछि परेपनि इरानले मोरक्कोको पोष्टमा बढी प्रहार गरेको छ ।
७० - खेलको ७० औं मिनेटको खेल जारीरहदा मोरक्को र इरान गोलरहित बराबरीमा ।
६० - खेलको ६० औं मिनेटको खेल सकिदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
- पहिलो हाफको तुलनामा इरानले दोस्रो हाफको खेलमा सुधार गरेको छ ।
- दोस्रो हाफको खेल सुरु भएको छ ।
४५+ - पहिलो हाफ सकिएको छ ! मोरक्को ० - ० इरान
४३ - उत्कृष्ट बचाउ - इरानको दुई लगातारको प्रहार मोरक्कोका किपरले बचाएका छन् ।
४० - ४० मिनेटको खेल जारी रहदा मोरक्को र इरानले गोल गर्न सकेका छैनन् ।
-बल पोजिसन : मोरक्को ७० - ३० इरान
- मोरक्को र इरान गोलको खोजीमा
२६ - मोरक्कोको पावरफुल सुट ! इरानका डिफेन्डरले ब्लक गरे ।
२५ - मोरक्को ० - ० इरान
२० - काउन्टर अट्याक - तर, इरानले राम्रो अवसर बनाउन सकेन । मोरक्कोका डिफेन्स बाधक !
१९ - उत्कृष्ट बचाऊ ! इरानका किपरले मोरक्कोको प्रहार बचाएका छन् ।
- बल पोजिसनमा मोरक्को अघि रहेको छ । इरानमाथि मोरक्को हाबी भईरहेको छ ।
१० - खेलको १० औं मिनेट सकिदा मोरक्कोले इरानमाथी धावा बोलिरहेको छ ।
१ - खेल सुरु भएको छ ।
-दक्षिण अफ्रिकी राष्ट्र मोरक्को र एसियाली राष्ट्र इरानले अहिलेसम्म एक अर्काविरुद्ध खेलेका छैनन् ।
-मोरक्को २० वर्षपछि विश्वकपमा फर्किएको हो ।
-पाँच पटक विश्वकप खेल्दै गरेको इरान एसियाबाट विश्वकपमा छनोट हुने पहिलो राष्ट्र हो ।
मोरक्को प्लेइङ ११ - मुनिर मोहमेदी, असरफ हाकिमी, मेहदी बेनाटिया, रोमेन सइस, हकिम जिच, करिम एल अहमदी, अयुब एल काबी, युनेस बेलहान्दा, बारेक बोसुफा, नोर्दिन अमराबत, अमिन हरित
इरान प्लेइङ ११ - अलिरेजा बेरानभान्ड, इशन हाजी सफी, रुजबेह चेसामी, मसुद सोजाइ, मोर्टेजा पौरालिगेन्जी,ओमिद इब्राहिमी, करिम अन्सरीफार्द, वाहिद अमिरी, अलिरेजा जाँहाबक्स, सरदार अजमुन, रमिन रेजाइन
- मोरक्को र इरानबीचको खेल सेन्ट पिटर्सबर्ग रंगशालामा हुनेछ ।
-आज दोस्रो खेलमा स्पेन र पोर्चुगलले प्रतिस्पर्धा गर्ने छ ।
-विश्वकप अन्तर्गत आज समूह 'बी' को पहिलो खेलमा मोरक्को र इरान भिड्दै छन् ।
-फिफा विश्वकप फुटबल अन्तर्गत दोस्रो दिनको दोस्रो केहि बेरमा सुरु हुँदै छ ।