आइतबार, १४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘भलिबलकाे व्यवसायीकरणनै आजको आवश्यकता’

बिहिबार, ०८ जेठ २०७७खेलपाटी संवाददाता
‘भलिबलकाे व्यवसायीकरणनै आजको आवश्यकता’

नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के । फाइल फाेटाे

Loading ad...
mustang rice ad

निराेज मास्के । 

काठमाडौं । नेपाली भलिबलका लागि जेठ ८ गते विशेष दिन हो । राष्ट्रिय खेलको घोषणाले भलिबलको नयाँ पहिचानमात्र दिएको छैन, सम्भावनाका ढोकालाई उजागर समेत गरेको छ । भलिबल घरेलु खेलकुदमा सम्भावना बोकेका खेल हो । पछिल्ला केही बर्षमा नेपाल भलिबल संघको सक्रियताले भलिबलको नतिजा र प्रर्दशनमा सुधार आएको देखिन्छ । सुरुवातमा सुस्त देखिएको भलिबल संघ पछिल्लो समय चलायमान छ ।

विगत भन्दा राम्रो क्रियाकलाप गरेको देखिन्छ । भलिबलको यही गतिशिलतालाई कायम राख्दै अझ राम्रो बनाउन सकिन्छ । भौगोलिक हिसाबले सबै क्षेत्रमा खेल्न सकिने भएकाले नेपालमा भलिबल लोकप्रिय छ । तराई भन्दा पहाडी क्षेत्रमा यसको लोकप्रियता अझ बढी छ । सानो क्षेत्रफल, कम भौतिक पूर्वाधारमा समेत खेल्न सकिने भएकाले भलिबल नेपालमा लोकप्रिय बन्न सकेको हो भन्ने लाग्छ ।

भलिबल संघको सक्रियतासंंगै भलिबल मुलधारको खेलकुदमा महत्वपूर्ण हिस्सा बन्न सकेको छ । यसले नयाँ सम्भावनाहरु देखाएको छ । गत बर्षमात्र हामीले १३ औं दक्षिण एसियाली खेलकुद सागमा ऐतिहासिक सफलता हासिल गर्यौ । महिला टिमले एभीसी सेन्ट्रल जोनमा ऐतिहासिक स्वर्ण पदक जित्न सफल भयो । तर यि सबै सफलता सुरुवातमात्र हो । खेलाडीको ब्यक्तिगत क्षमताले नै हामीले यि सफलता प्राप्त गरेका हौ । सिमित स्रोत साधानमा खेलाडीले आफुलाई प्रमाणित गरेका छन् । सरकारसंग समन्व्य गरेर भलिबल संघले नयाँ योजना र कार्यक्रमलाई कार्यान्वयन गर्यौ भने भलिबलले अझ उच्च सफलता प्राप्त गर्छ भन्ने लाग्छ ।

भलिबल संघले मुख्य तीन कुरामा आफुलाई केन्द्रित गर्नुपर्छ भन्ने लाग्छ । अब खेलाडी उत्पादन, तिनीहरुको व्यवसायीकरण र पुर्वाधार निर्माणलाई अगाडी बढाउनुपर्ने आवश्यता देखेको छु ।

खेलाडी उत्पादन संघको मुख्य जिम्मेवारी भित्र पर्छ । देश भित्रका विद्यालयलाई खेलाडी उत्पादनको मुख्य थलो बनाएर काम गर्नुपर्छ । विद्यालय स्तरबाट भलिबललाई सुरु गर्न सक्यौ भने राष्ट्रले धेरै राम्रा खेलाडी पाउन सक्छ । सानै उमेरबाट भलिबलको प्राविधिक ज्ञान सिक्ने पाएको खण्डमा खेलाडीले लामो समय भलिबलमार्फत देशलाई योगदान दिन सक्छन् ।

दोस्रो बिषय खेलाडी र खेलको व्यवसायीकरणनै हो । तीतो यथार्थ खेलाडीलाई हामीले भलिबलमा भविष्य देखाउन सकेका छैनौ । भलिबल खेलेरै बाच्न सकिन्छ भन्ने आत्मविश्वास र सुनिश्चितता हामीले खेलाडीमा भर्न आवश्यक छ । राम्रा खेलाडी पलायन हुदाँ हामीले भलिबलमा दिर्घकालिन उपलब्धी हासिल गर्न सक्दैनौ ।

खेल्ने समयमात्र हैन, सन्यास पछि समेत भलिबलमा लागेर जिविकोपार्जन गर्न सक्ने खालको योजना आजको आवश्यकता हो । खेल छाडेपछि हरेक खेलाडीलाई जिविकोपार्जनका लागि गाह्रो हुन्छ । खेल्ने समय चोट बोकेको हुन्छ, अन्य आयआर्जनको बाटो हुदैन । त्यसैले खेलाडीको भविष्य सुनिश्चित गर्ने आर्थिक प्याकेज बनाउन आवश्यक देखिएको छ । भलिबलकाे व्यवसायीकरणनै आजको आवश्यकता जस्ताे देखिन्छ । 

तेस्रो महत्पुर्ण बिषय भनेको पुर्वाधारको क्षेत्रमा हामीले धेरै काम गर्न बाँकी छ । केन्द्रिय स्तरमै भलिबलको आफ्नो कभर्डहल छैन । पुर्वाधारमा हामी कमजोर छौ । पुर्वाधारनै नभए कहाँ खेल्ने ? खेलाडी कसरी बन्ने ? सोच्न जरुरी छ । केन्द्र सहित मोफसलका धेरै भन्दा धेरै स्थानमा भलिबलका पुर्वाधार बनाउन जोड गर्ने समय आएको छ । भलिबलको पुर्वाधार विकास गर्न सकेको खण्डमा मात्र नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्छ ।

सरकारले राष्ट्रिय खेल घोषणा गरेर भलिबललाई राष्ट्रिय पहिचान दिएको देखिन्छ । राष्ट्रसंग जोडिएको खेल भएको हिसावले पुर्वाधार र प्राविधिक विकासमा राज्यबाट ठुलो सहयोग हामीलाई चाहिएको छ । राष्ट्रको माटो र भावनासंग जोडिएको खेल भएको हुनाले यसलाई सरकारले प्राथमिकतामा राख्न आवश्यक छ ।

सरकारको घोषणाले भलिबलले राष्ट्रिय महत्व पाएको छ । यही उपलब्धिमा टेकेर भलिबलको विकासमा अघि बढ्न ढिलाई गर्नुहुन्न । देशको सबै क्षेत्रमा खेलिने भलिबललाई अब व्यवस्थित बनाउँदै राष्ट्रिय खेलको चिनारी दिन आवश्यक छ ।

पक्कैपनि केही कमजोरी हाम्रा पनि छन् । देशका ७५ वटै जिल्लासंग जोडिएको एकमात्र खेल भलिबल हो । तर हामीले सबै जिल्लाका भलिबल संघलाई क्रियाशिल र व्यवस्थित बनाउन सकेका छैनौ । गतिविधि सञ्चालन गर्न सकेका छैनौ । भलिबल पछिल्लो समय काठमाडौं केन्द्रित जस्तो मात्र देखिन्छ ।

अब सबै जिल्लालाई क्रियाशिल बनाएर भलिबललाई राष्ट्रिय रुपमा विकास गर्ने योजना बनाउने समय आएको छ । जिल्ला, प्रदेश बलियो भएको खण्डमा मात्र भलिबलको विकास सम्भव छ । धेरै राम्रा खेलाडी शहर बाहिर छन्, ती प्रतिभालाई चिन्न जरुरी छ । सबै जिल्लामा पुगेर यस खेलको दायरालाई फराकिलो बनाउनुपर्ने देखिन्छ ।

 

(भलिबल दिवसका अवसरमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केसंग गरिएको कुराकानीका आधारमा)

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक

Loading ad...
xTreme Energy Drink
मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित