आर्सनलका पूर्व डिफेन्डर अस्पताल भर्ना
शनिबार, जेठ ३, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्ड तथा आर्सनलका पूर्व डिफेन्डर केनी सनसोम अस्पताल भर्ना भएका छन् ।
६१ वर्षीय डिफेन्डरलाई अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको हो । तर, उनलाई कोरोना भाईरसको नभएको बताईएको छ ।
सनसोमले आर्सनलका लागि ३ सय ९४ खेल खेलेका थिए ।
यस्तै इंग्ल्यान्डका लागि ८६ खेल खेलेका थिए । उनले सन् १९८२ र १९८६ को विश्वकप खेलेका थिए ।
क्रिस्टल प्यालेसबाट व्यवसायिक फुटबलको सुरुवात गरेका उनले न्युकासल र क्युपीआरबाट समेत खेलेका थिए ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)