एजेन्सी । फर्मुला वान टिम फेरारीले रेसिङ ड्राइभर कार्लोस सैन्जलाई अनुबन्ध गरेको छ ।
चार पटकको विश्व च्याम्पियन सेबास्टियन भिटेलले टिम छाडेपछि फेरारीले कार्लोसलाई अनुबन्ध गरेको हो ।
जर्मनीका सेबास्टियनले यस वर्षको अन्त्यमा फेरारी छाड्ने छन् ।
कार्लोसले आफु फेरारीमा अनुबन्ध भएको पुष्टि गरेका छन् ।
'म निकै खुसी छु । म फेरारीमा सन् २०२१ मा हुनेछु । मेरो भविष्य र नयाँ टिमबारे म उत्साहित छु,' कार्लोसले भनेका छन् ।
तर, स्पेनिस ड्राइभर कार्लोस यस वर्ष भने म्याकलरेनमै हुने छन् ।
कोरोना भाईरसको महामारीको कारण यस वर्ष फर्मुला वानको प्रतियोगिता भएको छैन ।
वर्षको सुरुवातमा तय भएको प्रतियोगिताहरु समेत स्थगित गरिएको छ ।