इंग्ल्यान्डमा जुनसम्म सम्पूर्ण खेल गतिविधि बन्द
सोमबार, २९ बैशाख २०७७खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको महामारीको कारण इंग्ल्यान्डमा आगामी जुन १ सम्म सम्पूर्ण खेलकुद गतिविधि बन्द भएको छ ।
इंग्ल्यान्ड सरकारले सोमबार जुन १ सम्मका लागि सम्पूर्ण खेल गतिविधि बन्द हुने जनाएको छ ।
सरकारले सार्वजनिक गरेको ५० पेजको दस्तावेजमा खेलकुद गतिविधि जुन १ सम्म नगर्न भनिएको छ ।
सरकारको पछिल्लो निर्णयसँगै प्रिमियर लिग जुन १ पछि सुचारु हुने सम्भावना बढेको छ ।
लिग सुचारुका लागि सोमबार क्लबहरुले छलफल गरेको छ ।
कोरोनाको कारण लिग गत मार्चबाट स्थगित गरिएको छ ।
इंग्ल्यान्डमा क्रिकेट भने जुलाई १ सम्मका लागि स्थगित गरिएको छ ।








-1768897962219.jpg&w=3840&q=75)

-1769236048505.jpeg&w=3840&q=75)

-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)