यूएफसी फाइटर रोनाल्डोलाई कोरोनाको संक्रमण
शनिबार, २७ बैशाख २०७७खेलपाटी संवाददाता

एजेन्सी । यूएफसी फाइटर रोनाल्डो सौजालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
फ्लोरिडामा शनिबार तय भएको द अल्टिमेट फाइटिङ च्याम्पियनसिपको तयारीमा रहेका रोनाल्डोलाई कोरोना देखिएको हो ।
रोनाल्डोसँगै उनका दुई सहयोगीलाई समेत कोरोना देखिएको थियो ।
परिक्षणको दौरान कोरोनाको संक्रमण पोजिटिभ देखिएपछि उनले प्रतिस्पर्धाबाट समेत नाम फिर्ता लिएका छन् ।
ब्राजिलियन रोनाल्डोले अमेरिकन फाइटर उरीह हलसँग खेल्ने तय भएको थियो ।
यस अघि दुई फाइटरले गत अप्रिल १८ मा न्युयोर्कमा खेल्ने तय भएको थियो । तर, कोरोनाको महामारीको कारण स्थगित भएको थियो ।








-1768897962219.jpg&w=3840&q=75)


-1769236048505.jpeg&w=3840&q=75)

-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)
