दृष्टिविहिनलाई आयशाको सहयोग
शुक्रबार, २६ बैशाख २०७७खेलपाटी संवाददाता

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहिनहरुलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छिन् ।
कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका दृष्टिविहिनहरुलाई आयशाले सहयोग गरेकी हुन् ।
कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहिनलाई सोही ठाँउ पुगेर आयशाले खाद्यान्न हस्तान्तरण गरेकी थिइन् । राहतमा १० केजी चामल, दाल १ केजी, चिउरा १ केजी, तेल १ लिटर, नुन १ केजी, भुजा १ केजी र चाउचाउ ४ प्याकेट रहेको छ ।
सागमा पदक जितेवापत सरकारले हालै नगद पुरस्कारबाट सम्मानित गरेपछि आयशाले सोहीबाट सहयोग गरेको बताईन् ।
एसियाली खेलकुदकी कास्य पदक विजेता समेत रहेकी आयशाले मंसिरमा स्वदेशमा आयोजनामा भएको सागको तेक्वान्दोको पुम्सेमा दोहोरो स्वर्ण पदक जितेकी थिइन् ।








-1768897962219.jpg&w=3840&q=75)

-1769236048505.jpeg&w=3840&q=75)

-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)