कोरियन लिग सुरु, जेनबकको जित
शुक्रबार, बैशाख २६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको महामारीकाबीच दक्षिण कोरियाको शीर्ष डिभिजनको के लिग वानको नयाँ सिजन सुरु भएको छ ।
जेन्जु स्टेडियममा शुक्रबार भएको सिजनको पहिलो खेलमा जेनबक मोटर्सले जित निकालेको छ ।
जेनबकले १० खेलाडीमा सिमित सुवन ब्लुविङ्सलाई १-० गोल अन्तरले हराएको हो ।
जेनबकको जितमा ली डोङ गुकले खेलको ८४ औं मिनेटमा निर्णायक गोल गरे ।

त्यसअघि खेलको ७५ औं मिनेटमा टेरी एन्टोनिसले रातो कार्ड पाउँदा सुवन १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै जेनबकले पहिलो खेलमा ३ अंक जोडेको छ ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
