जिम्बावेको लिग अर्को महिनाबाट सुचारु हुने
बिहिबार, बैशाख २५, २०७७खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको महामारीको कारण स्थगित जिम्बावेको शीर्ष डिभिजनको लिग आगामी महिनाबाट सुचारु हुने भएको छ ।
फुटबल एसोसियसन अफ जिम्बावेले स्वास्थ्य मन्त्रालयले लिग सुचारु गर्न अनुमति दिएको बताउँदै आगामी महिनाबाट सुचारु गरिने जनाएको छ ।
'हामी मैदानबाट च्याम्पियन भएको चाहन्छौँ,' बीबीसीसँग जिम्बावे फुटबलका अध्यक्ष् एन्ड्रयु कामंगाले भने ।
जिम्बावेको लिगमा अझै १० चरणको खेल बाँकी रहेको छ । अंक तालिकामा शीर्ष पाँच टिमबीचको दुरी १ अंकको मात्र रहेको छ ।
कोरोनाको कारण लिग गत मार्च २० बाट स्थगित गरिएको थियो ।







-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)