एजेन्सी । इंग्ल्यान्डका पूर्व कप्तान सर बिल बिउमन्ट विश्व रग्बीको अध्यक्षमा पुन: निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा बिउमन्ट चार वर्षे नयाँ कार्यकालको लागि अध्यक्ष चुनिएका हुन् ।
'विश्व रग्बीको अन्तर्राष्ट्रिय फेडेरेसनको प्रमुखमा निर्वाचित हुँदा म सम्मानित भएको महसुस गरेको छु । विश्व रग्बी परिवारका सम्पूर्ण युनियन तथा सदस्यहरुलाई धन्यवाद दिन चाहन्छु,' अध्यक्ष चुनिएपछि उनले भने ।
६८ बर्षिय बिउमन्टले अर्जेन्टिनाका पूर्व कप्तान अगस्टिन पिचोटलाई हराए । कुल २८ मतले बिलमन्टले २३ मत ल्याएर निर्वाचित भएका हुन् ।
यस्तै फ्रेन्च रग्बीका अध्यक्ष बर्नार्ड लापोर्टे उपाध्यक्षमा निर्वाचित भएका छन् ।