काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दी क्लबले दुर्घटनामा परेर एउटा आँखा गुमाएकी महिला फुटबल खेलाडी समिक्षा थापा मगरलाई आर्थिक सहयोग गरेको छ ।
विराटनगरस्थित आँखा अस्पतालमा उपचार गराईरहेकी समिक्षालाई मनाङले ३० हजार उपचार खर्च सहयोग गरेको हो ।
यू-१६ टिमकी सदस्य समेत रहेकी समिक्षाको उदयपुरस्थित घरको खेतमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दाहिने आँखामा चोट लागेको थियो ।
उनको आँखाको अप्रेसन गर्ने तयारी भईरहेको छ । उनको दृष्टि नफर्कने परिवार स्रोतले जनाएको छ ।
समिक्षाले एन्फाले आयोजना गरेको क्विक्स कप फुटबल समेत खेलेकी थिईन् ।
यस अघि समिक्षालाई नेपाली राष्ट्रिय महिला टिमका खेलाडी, पूर्व प्रशिक्षक तथा महिला विभाग प्रमुख हरि खड्का र अफिसियलहरु, अखिल नेपाल फुटबल संघ एन्फा र विराट सांग्रिला क्लबले आर्थिक सहयोग गरेको थियो ।