एनएफएल खेलाडी मिलर कोरोना मुक्त
शुक्रबार, १९ बैशाख २०७७खेलपाटी संवाददाता

एजेन्सी । नेसनल फुटबल लिग (एनएफएल) खेलाडी भोन मिलर कोरोना भाईरसबाट मुक्त भएका छन् ।
कोरोनाको संक्रमण देखिएका मिलरले सामाजिक संजालबाट आफु कोरोना मुक्त भएको जनाएका छन् ।
एनएफएल टिम डेनभेर ब्रोनकोसका लाइनब्याकर मिलरले ट्वीटरबाट आफु कोरोनाबाट निको भएको बताएका छन् ।
'मैले नतिजा प्राप्त गरे । कोभिड-१९ नेगेटिभ देखिएको छ,' उनले लेखेका छन् ।
मिलरलाई गत अप्रिल-१६ मा कोरोनाको संक्रमण देखिएको थियो ।
मिलर कोरोना लाग्ने अमेरिकाका सबैभन्दा स्टार खेलाडी हुन् ।
कोरोनाको कारण अमेरिकामा ६० हजार बढी मानिसको मृत्यु भईसकेको छ ।








-1768897962219.jpg&w=3840&q=75)




-1769236048505.jpeg&w=3840&q=75)

-1769167052323.jpeg&w=3840&q=75)
