एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेयमारको आमाले आफ्ना २२ वर्षे प्रेमीलाई ब्रेकअप दिएकी छिन् ।
पछिल्लो समय रोमान्समा रहेकी नेयमारका आमा नादीन गोनकाल्भ्सले आफु भन्दा ३० वर्षे कान्छा प्रेमीलाई ब्रेकअप दिएकी हुन् ।
५२ वर्षीय नेयमारकी आमाले दुई साता अघि समाजिक संजाल इन्स्टाग्रामबाट आफु टियागो रामोसको प्रेम रहेको सार्वजनिक गरेकी थिइन् ।
तर, टियागोले एक पुरुष डेट गरेको थाहा पाएपछि नेयमारकी आमाले ब्रेकअप दिएको डेलीमेलले जनाएको छ ।
आमाले प्रेमी सार्वजनिक गर्दा नेयमारले पनि आफ्नो आमालाई खुसी रहनु भन्दै प्रतिक्रिया दिएका थिए ।
ब्राजिलियन पत्रिकाको अनुसार २२ वर्षे रामोस मोडल हुन् । उनीहरुबीच मोडलिङको क्रममा भेट भएको बताईएको छ ।
नेयमारका आमा र बुबा सन् २०१६ पछि छुट्टाछुट्टै बस्दै आएका छन् । विबाह गरेको २५ वर्षपछि उनीहरु छुट्टिएका थिए ।