काठमाडौं । इन्डोनेसिया जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत भारोत्तोलनतर्फ नेपालका कमल बहादुर अधिकारीले राष्ट्रिय किर्तीमान बनाएका छन् ।
दक्षिण एशियाली खेलकुद सागका स्वर्ण पदक विजेता अधिकारीले ६९ केजी तौल समूहमा तीन राष्ट्रिय कीर्तिमान बनाएका हुन् । एसियन गेम्सको मार्च पासमा नेपालको झन्डा बोकेका कमलले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
कमलले स्न्याचमा ११९,क्लिन एण्ड जर्कमा १६० केजी तौल गरि कुल २७९ तौल बहन गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गरेपनि कमल समग्रमा छैटौं स्थानमा रहे ।
यसअघि भारोत्तोलनतर्फ नै नेपालकी सन्जु चौधरीले राष्ट्रिय किर्तीमान बनाएकी थिइन् । महिला ५३ केजी तौलसमूहमा सन्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कुल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय किर्तीमान बनाएकी हुन् । सन्जुले आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमान भङ्ग गरेकी हुन् ।