काठमाडौं । इन्डोनेशियामा जारी एशियन गेम्सको भलिबलतर्फ नेपाल समुह चरणको पहिलो खेलमा पराजित भएको छ ।
पहिलो खेलमा नेपाल टोली चाईनिज ताईपेईसंग ३–० को सोझो सेटमा पराजित भएको हो ।
करिब ३१ बर्षपछि एशियाडमा पुनरागमन गरेको पुरुष भलिबल टिमले हारसंगै प्रतियोगिताको सुरुवात गरेको छ ।
पहिलो सेटमा २३–२५ ले गुमाएको नेपालले दोस्रो सेट १९–२५ र तेस्रो सेट १४–२५ ले गुमाउन पुग्यो ।
समुह डी अन्तर्गत रहेको नेपालले अब समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासंग प्रतिस्पर्धा गर्नेछ ।
शीर्ष दुई टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् ।
अघिल्लो चरण प्रवेश गर्न नेपाललाई अब दक्षिण कोरियालाई जित्नैपर्ने दबाब छ ।