एजेन्सी । कोरोना भाईरसविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिस (एनएचएस) लाई सहयोग गर्ने उदेश्यले डुर डे फ्रान्सका पूर्व च्याम्पियन गेराइन्ट थोमसले ३ लाख पाउण्ड संकलन गरेका छन् ।
तीन दिन लगातार साइक्लिङ गरेर बेलायती साइक्लिष्ट थोमसले अनलाइनबाट उक्त रकम संकलन गरेका हुन् । थोमसले घरमै रहेको ट्रेनिङ गर्ने साइकल चलाएर उक्त सहयोग जुटाएका हुन् ।
थोमसले आफ्नो घर कार्डिफमा बुधबार देखि शुक्रबार तीन दिन बिहान ७:३० देखि बेलुका ७:३० सम्म साइकल चलाएका थिए । त्यसका लागि उनले फेसबुक लगायत सामाजिक संजालमा लाईभ देखाएका थिए ।
कोरोनाको कारण बेलायतमा १४ हजार बढीको ज्यान गईसकेको छ । यस्तै एक लाख बढी संक्रमित भएका छन् ।
कोरोनाकै कारण यस वर्षको डुर डे फ्रान्स अगष्टसम्मका लाफी स्थगित गरिएको छ ।