एजेन्सी । भारतीय क्रिकेटर केदार जाधवले इण्डियन प्रिमियर लिग (आईपीएल) टिम चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको फरकपन कप्तान भएको बताएका छन् ।
दुवै टिमबाट खेलिसकेका अलराउण्डर जाधवले आफ्नो अनुभवको आधारमा दुई टिमबीचको फरक भनेको कप्तान मात्र रहेको बताएका हुन् ।
जाधवले बैंगलोरबाट सन् २०१६ र २०१७ को सिजन खेलेका थिए । बैंगलोरमा विराट कोहलीको नेतृत्वमा खेलेका जाधव अहिले चेन्नईमा रहेका छन् ।
चेन्नईको सामाजिक संजालमा एक समर्थकको प्रश्नमा जाधवले दुवै टिमको कप्तानमा फरक क्षमता रहेको बताएका हुन् ।
'दुई टिमको मुख्य फरक भनेको हो जहाँ कप्तानले तपाइलाई विश्वास गर्नुहुन्छ र आत्मबल बढाउन सहयोग गर्नु हुन्छ,' जाधवले भने, 'धोनीको तपाइलाई सहयोग गर्दै धेरै अवसर दिनुहुन्छ भने ती भन्दा राम्रो महसुस के हुन्छ । तपाई खेल्दा उनको मुहारमा हाँसो देख्नु हुन्छ । उनी तपाईको लागि खुसी हुनुहुन्छ ।'
यस्तै जाधवले आईपीएलमा चेन्नईको सफलताको श्रेय समर्थकलाई समेत दिएका छन् ।
'हामी सबैले देख्छौं कि अभ्यास खेलमा समेत समर्थकको बाक्लो उपस्थिति हुन्छ,' उनले थपे, 'यसमा कुनै दुविधा छैन कि टिमको समर्थनको लागि चेन्नईको समर्थक नम्बर एक हुन् ।'
'चेन्नईका समर्थक कप्तान जस्तै छन् । केही फरक पर्दैन कि मैले कति तल माथि प्रदर्शन गर्छु । यदि तपाईसँग चेन्नई जस्तो परिवार छ भने टिममा खेल जित्न एकता बढ्छ,' उनले भने ।