एजेन्सी । भारतीय क्रिकेट टिमका अलराउण्डर केदार जाधवले आफ्नो उत्कृष्ट अफस्पिन बलिङको पछाडी दुई व्यक्तिको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
सामाजिक संजाल इन्स्टाग्रामको लाईभमा बलर जाधवले आफ्नो बलिङ सुधारमा पूर्व कप्तान महेन्द्र सिंह धोनी र अनिल कुम्बले रहेको बताएका हुन् ।
जाधवले आफुलाई धोनीले आत्मविश्वास दिएको र अन्य कुरामा कुम्बलेले सहयोग गरेको बताए । जसको कारण आफुले अहिले फरक एक्सनको उत्कृष्ट बलिङ गर्न सफल भएको उनको भनाई छ ।
'आत्मविश्वास माही (धोनी) भाइले मलाई दिए । मैले घरेलु क्रिकेटमा बलिङ गरेको थिएन । माही भाइले म माथि विश्वास गरेपछि म एक बलरको रूपमा रहे,' उनले भने ।
जाधवले सन् २०१६ मा धर्मशालामा भएको न्युजिल्याण्डविरुद्धको सिरिजमा आफु धेरै चुटिएको तर प्रशिक्षक रहेका कुम्बलेले आफुलाई विकसित गर्न सहयोग गरेको बताए ।
'सन् २०१६ को अक्टोबर र नोभेम्बरमा न्युजिल्याण्डसँगको घरेलु सिरिजमा म टिममा परे । धोनी कप्तान थिए । उनले मलाई बलिङ गर्न भने । मैले बलिङ सुरु गरे । त्यो समय मलाई निराश रह्यो सबैलाई मलाई हिर्काइरहेका थिए,' उनले थपे, ' त्यस समय अनिल भाइ कोच थिए । मैले अनिल भाइलाई सोधे उनले मलाई बलिङ गर्न भने । ब्याट्सम्यानलाई हिट गर्न गार्हो भईरहेको थियो । अनिल भाइले मेरो बलिङ कानुनी हो भन्यो मलाई विश्वास भयो ।'
जाधवले ७३ एकदिवसीयमा भारतका लागि २७ विकेट लिएका छन् ।