कोरोनाले बास्केटबल खेलाडी एन्थोनीको आमाको निधन
मंगलबार, ०२ बैशाख २०७७खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको कारण अमेरिकी बास्केटबल खेलाडी कार्ल एन्थोनी टाउन्सको आमाको निधन भएको छ ।
एनबीए टिम मिनेसोटा टिम्बरवुल्भ्सका एन्थोनीले सामाजिक संजालबाट कोरोनाको कारण आमाको निधन भएको जनाएको छ ।
५८ वर्षीय ज्याक्लिनको सोमबार निधन भएको बताईएको छ । उनलाई गत महिना कोरोनाको संक्रमण भएको बताईएको छ ।
कोरोनाको कारण अमेरिकामा सर्वाधिक धेरै मानिसको मृत्यु भएको छ । हालसम्म अमेरिकामा २३ हजार बढीको ज्यान गईसकेको छ ।
विश्वभर कोरोनाले १ लाख बढी मानिसको मृत्यु भईसकेको छ ।








-1768897962219.jpg&w=3840&q=75)







-1769236048505.jpeg&w=3840&q=75)
