एजेन्सी । विश्व चर्चित साइक्लिङ प्रतियोगिता टुर डे फ्रान्स प्रतियोगिता स्थगित हुने भएको छ ।
कोरोना भाईरसको कारण फ्रान्स सरकारले सार्वजनिक कार्यक्रमहरु जुलाई मध्येसम्म नगर्न निर्देशन दिएसँगै प्रतियोगिता स्थगित हुने भएको हो ।
आयोजकले प्रतियोगिता स्थगित गरिनेबारे औपचारिक निर्णय भने गरेको छैन ।
प्रतियोगिता जुन २७ देखि जुलाई १९ सम्म हुने तालिका रहेको छ । सरकारको निर्णयसँगै प्रतियोगिता अन्योलमा रहेको हो ।
गत वर्ष कोलम्बियाका इगान बर्नालले जितेका थिए ।
कोरोनाबाट प्रभावित हुने राष्ट्रमा फ्रान्स पनि एक हो ।
हालसम्म विश्वमा १ लाख बढी मानिसको मृत्यु भईसकेको छ ।