एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार फरवार्ड नेयमार २८ वर्षका भए ।
तर, नेयमारका आमा नादीन गोनकाल्भ्स भने छोरो भन्दा ६ वर्ष कान्छो उमेरका व्यक्तिको प्रेममा परेका छन् ।
५२ वर्षीय नेयमारकी आमाले समाजिक संजाल इन्स्टाग्रामबाट आफु भन्दा ३० वर्ष कान्छा टियागो रामोससँगको प्रेम सम्बन्ध खुलाएकी हुन् ।
रामोससँगको एक फोटो पोस्ट गर्दै नेयमारका आमाले लेखेकी छिन्, 'तिमिसँग रहदाको वर्णन अकल्पनीय छ ।'
ब्राजिलियन पत्रिकाको अनुसार २२ वर्षे रामोस मोडल हुन् । उनीहरुबीच मोडलिङको क्रममा भेट भएको बताईएको छ ।
नेयमारले पनि आफ्नो आमालाई खुसी रहनु भन्दै प्रतिक्रिया दिएका छन् ।
'सधै खुसी रहनु मम, तपाईलाई माया,' नेयमारले कमेन्ट गरेका छन् ।
नेयमारका आमा र बुबा सन् २०१६ पछि छुट्टाछुट्टै बस्दै आएका छन् । बिबाह गरेको २५ वर्षपछि उनीहरु छुट्टिएका थिए ।